हेटौंडा आउँदै गरेको स्वास्थ्य मन्त्रालयको सवारी भीमफेदीमा दुर्घटना

हेटौंडा टुडे
२६ कार्तिक २०७८, शुक्रबार १३:४२

हेटौँडा/ हेटौंडा आउँदै गरेको नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको एक सवारी भीमफेदीमा दुर्घटनामा परेको छ । उक्त सवारी आफै अनियन्त्रित हुँदा दुर्घटनामा परेको र दुर्घटनामा तीनैजनाको स्वास्थय अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान साँडे ८ बजे मन्त्रालयको बा २ झ ४३४२ नंबरको सरकारी गाडी भीमफेदी ६ स्थित चिसापानी पुल नजिक सडकबाट अन्दाजी करिब १५ फिट तल खस्दा चालक सहित ३ जना घाईते भएका छन् । घाईते तीनै जना डिस्चार्ज भएर हेटौंडा आएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको सवारी हेटौंडा किन आयो भन्ने बारे केहि पनि नखुलेको र सवारी भीमफेदी प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image