
हेटौंडा । हेटौंडा-९ पशुपतिनगरको हनुमान गेट नजिक बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक कैलाश गाउँपालिका वडा नंबर ४ कालिकाटारका अन्दाजी २४-२५ वर्षीय अविरल रिजालको रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
गएराति हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको ना ३४ प ६०४४ नंबरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको ना ३ च ११९३ नंबरको बोलेरोले ठक्कर दिदा दुर्घटना भएको हो । ठक्कर दिने बोलेरो चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।


सेयर गर्नुहोस्