हेटौंडा/नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदमा निर्वाचित भए पछि नेता बानियाले ओलिको डनबाद, धनबाद र गनबादलाई परास्त गर्न पार्टी एक ढिक्का हुनु जरुरी भएको बताउनु भएको छ ।
आइतबार सम्पन्न पुन: निर्वाचन मार्फत बानियाँले वन विज्ञान अध्ययन संस्थानको प्राङ्गणमा आफ्नो कर्याकर्तालाई सम्बोधन गर्दै बानियाँले यस्तो बताएका हुन् । आज भएको यो चुनाब आन्तरिक चुनाब भएकाले यहाँ जित र हारको कुरा नगर्न पनि बानियाँले आफ्ना समर्थक कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको थियो ।
कम्युनिष्टहरुको स्वाभाव खरबुजाको जस्तो बाहिर एउटा र भित्र अर्को भएकाले जनताहरुले त्यो भ्रम छर्ने पार्टीलाई अब सहजै बुज्ने छन र काङ्ग्रेस पाटी गाजर जस्तो पाटी जुन बाहिर र भित्र एउटै गुण र रङ भएकाले जनता अब सजिलै नेपाली कांग्रेस र कम्युनिष्ट पाटीमा फरक छुटाउन सक्ने प्रती नेता बानियाँआफू विश्वस्त रहेको बताउनुभयो ।
सेयर गर्नुहोस्