हेटौंडा/मकवानपुर प्रहरीले ४५ किलो लागुऔषध गाँजा नियन्त्रणमा लिईएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीको संयुक्त टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर ३ स्थित कठारी भित्री सडक खण्डबाट ४५ किलो लागुऔषध गाँजा फेला पारेको मकवानपुर प्रहरी प्रवत्ता जयश्वर रिमालले जानकरी दिए ।
प्रहरी प्रवत्ता रिमालका अनुसार बिशेष सुचनाको आधारमा बोरा बोकी हिडेका अज्ञात दुई जना ब्यक्तिले बोरा फालि भागेकोमा उक्त दुई वटा बोरा खोलि चेकजाँच गर्दा लागुऔषध गाँजा ४५ किलो फेला परेको हो । उक्त गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही अगाडी बढाईएको र पहिचान नखुलेका फरार ब्यक्तिहरुको खोजतलाश कार्य भईरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्