अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ४ ट्याक्टर मकवानपुर प्रहरीको नियन्त्रणमा

टुडे संवादाता
२१ पुष २०७८, बुधबार १७:१०

हेटौंडा /मकवानपुर प्रहरीले अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिईएको छ ।

बुधबार आज बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले हेटौंडा स्थित राप्ती खोलाबाट ट्याक्टर नियन्त्रणमा लिईएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले ना ७ त २९७०, ना ६ त ४०४१ र २ वटा अनटेष्ट  ट्याक्टरले अबैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा फेला पारी  नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएका ट्याक्टरलाई आवश्‍यक कारवाहिको लागी जिल्ला समन्वय समितिको कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*