नेकपा एमाले मकवानपुरको ११ जिल्लाको अधिवेशन भोली देखि सुरु

टुडे संवादाता
२२ पुष २०७८, बिहीबार १६:५९

हेटौंडा /नेपाल कम्युनिष्ट पाटि (एमाले) मकवानपुरको ११ जिल्लाको अधिवेशन भोली देखि सुरु हुने भएको छ । देशभर हुनलागेका अधिवेशनका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष के.पि शर्मा ओलिले भर्चुवल माध्यमबाट साढे ११ मा मकवानपुरमा उद्घाटन गर्ने र काभ्रेमा प्रत्यक्ष रुपमा उद्घाटन गरि कार्यक्रम अघि बढाउने प्रचार विभाग उपसमिति संयोजक नविन सिग्द्धेलले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै संयोजक सिग्द्धेलले मकवानपुरबाट ८ सय २ जना प्रतिनिधि रहने र १ सय ५ जनाको कमिटि निर्माण गर्ने र ३३ प्रतिशत महिला प्रतिनिधि हुने पनि सिग्द्धेलले बताउनु भयो ।
मकवारपुरबाट जम्मा ३ सय ३५ जना आयोजक प्रतिनिधि र ३९ जना प्रतिनिधि मनोनित हुने भएको छन् । बागमतिका २५ जना, भिमफेदीबाट २४ जना, कैलाशका २५ जना, हेटौंडाका १सय ४९ जना, बकैया ३० जना, इन्द्रसरोवरबाट २१ जना, राक्सिराङका २८ जना, मकवापुरगढीका ३२ जना थाहाका ४२ जना, मनहरीका २९ जना, मजदुर ९जना र पेशागत ६ जना मनोनित हुने छन् ।

मकवानपुरका सबै वडाबाट अध्यक्ष १ जना, उपाध्यक्ष १ जना, सचिब १ जना र उपसचिव २ गरि जम्मा ५ जना पदाधिकारि रहने उपसचिबमा एक महिला हुनु पर्ने र बाकि ४ जना पुरुष रहने छन् । त्यसैगरि सदस्यहरुमा १०० जना रहने छन् ।
बागमति गाउँपालिका, मनहरी गाउँपालिका,राक्सिराङ गाउँपालिका र भिमफेदी गाउँपालिकाहरु बाट क्रमश ४/४जना खुल्लामा र १/१ जना महिला रहने र गढी गाउँपालिकाबाट ३ जना खुल्ला र १ जना महिला, इन्द्रसरोवरका २ जना खुल्ला र १ जना महिला, बकैयाका ४ जना खुल्ला र २ जना महिला,थाहाबाट ४ जना खुल्ला र २ जना महिला, हेटौंडाका ६ जना खुल्ला र ४ जना महिला र पेशागतबाट १ जना खुल्ला र २ जना महिला रहने पनि बताउनुभयो ।
आज भएको पत्रकार सम्मेलनमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्रि डोरमणि पौडेल, बागमति प्रदेशको सदस्य अनन्त पौडेल , प्रदेश केन्द्रिय सदस्य कृष्ण दाहाल लगाएतको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*