
हेटौंडा । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा हेटौंडामा आज एकीकृत राष्ट्रवादी समुहले राँके जुलुस सहित प्रदर्शन गरेको छ । बुधबार विर गोर्खाली एपिएफको तर्फबाट विरेन्द्र श्रेष्ठ , शाही शक्ति नेपालबाट विवेक शाही, नेपाली एकता समाज बाट राजाराम बोगटी र एकीकृत स्वतन्त्र राष्ट्रवादी युवा सञ्जालबाट शंकर सिंह ठकुरी, विजय सिंह ठकुरी लगाएतको नेतृत्वमा साँझ हेटौंडाको बुद्धचोकमा राँके जुलुस प्रदर्शन गरीएको हो । एमसीसीको विरोध गर्दे दजनौँको संख्यामा भेला भएका युवाहरुले एमसीसी चाहिदैनँ, देश बेच्न पाइदैनँ, दलालहरु होसियार, एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए ।


सेयर गर्नुहोस्