हेटौँडा/ मास्कको कालोबजारी गरेको अभियोगमा प्रहरीले औषधि पसलका २ सञ्चालकलाई नियन्त्रणमा लिएको छ । तोकिएभन्दा बढी मूल्य लिएर मास्क विक्रि गरेको पाइएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित अन्सारी फार्मेसी संचालक पर्साको वीरगञ्ज निवासी बर्ष ४० को साजित अन्सारी र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ मा रहेको सक्षम औषधि पसल सञ्चालक महोत्तरी गाउँपालिका वडा नम्वर १ स्थायी घर भएका बर्ष ३७ को बब्लु पाण्डेलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउ गरी आवश्क कारबाहीको प्रक्रिया अघि बढाएको छ । कोरोना संक्रमणको जोखिमका बेला हेटौंडाका फार्मेसीहरुले स्वास्थ्य सामग्री विक्रिवितरण गर्दा तोकिएभन्दा बढी मूल्य लिने गरेको गु्नासोका आधारमा प्रशासनले अनुगमनलाई तीव्रता दिएको हो ।