मनहरीमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु

हेटौंडा टुडे
८ चैत्र २०७८, मंगलवार २०:५२

हेटौंडा। मकवानपुरको मनहरी-६ रुपाचुरीमा रुखको हाँगाले थिचेर एकजनाको मृत्यु भएको छ। मंगलबार दिउँसो चलेको हावाहुरीका कारण पैदल हिँडिरहेका एक पुरुषको रुखको हागाले च्यापिएर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ  । प्रहरीको टोलि घटना स्थल तर्फ गइसकेको जनाइएको छ। घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image