मकवानपुरगढी गाउँपालीका वडा नम्बर ३ ले आज आफ्नो वडा भित्रका बिभिन्न पेशा ब्यबसायमा आबद्ध भई योगदान पुर्याएका ब्यक्तीत्वहरुलाई सम्मान तथा मायाको चिनो बितरण गरेको छ । ३ नम्बर वडा कार्यालय अगाडि गरिएको कार्यक्रममा वडा बासिको बाक्लो सहभागिता रहेको थियो ।
वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राम कुमार पुडासैनी, जील्ला बिकास समिति मकवानपुरका पुर्ब उप सभापति बद्रिप्रसाद लंसाल, खानेपानि सरसफाई उपभोक्ता महासघं नेपालको केन्द्रिय सदस्य बद्रि देबकोटा , रानि सामुदायिक बन समुह चौघडाका अध्यक्ष बिष्णु न्यौपाने , मनकामना दुग्ध सहकारि संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल , पुर्व जनप्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधि र लगायतकाको सहभागिता रहेको थियो ।
३ नम्बर वडा भित्रका बसोबास गर्ने र बिभिन्न क्षेत्रमा आबद्ध भई योगदान पुर्याएका १८१ जना ब्यक्तिहरुलाई आज बिहिबार वडा कार्यालयले सम्मान गरेको हो । वडा कार्यालयले जेष्ठ नागरिक ८० बर्ष उमेर माथिका बृद्ध बृद्धा ३८ जना , ७० बर्ष माथिका एकल महिलाई ४४ जना पुर्व -जन प्रतिनिधिहरु जि बि स का उप सभापति बद्रि लम्साल , पुर्व जन प्रतिनिधि बद्रि न्यौपाने ,पुर्व गा .बि.स अध्यक्ष हरि प्रसाद अधिकारि , प्रितमराम रुम्बा , पुर्व गा. बि. स उपाध्यक्ष कुष्ण प्रसाद लम्साल , पुर्व वडा अध्यक्षहरु बासुदेब सापकोटा, सालिकराम सापकोटा, केदार प्रसाद लम्साल, कृष्ण प्रसाद दहाल, भगवान साह, र एक जना बर्तमान जन प्रतिनिधि पालिका उपाध्यक्ष हर्कमाया रुम्बा गरि ११ जना , निजामति निवृत २ जना शिक्षक तर्फ निवृत १६ जना, सेना तथा प्रहरि तर्फ निवृत ११ जना, बिधुत प्राधिकरण तर्फ निवृत ३ जना ,मनकामना दुग्ध सहकारि सस्थां लिमिटेडमा कार्यरत निवृत बलराम हुमागाई , रामसरण देबकोटा गरि २ जना , डाक्टर ईन्जिनियर तर्फ १८ जनालाई सम्मान गरेको छ।
यसै गरी पत्रकारिता तर्फ हेटौंडा टुडे डटकमका सन्चालक मनोज देबकोटा , बाई लाईन नेपालका डटकमका सन्चालक धुब्र अधिकारि, रेडियो मकवानपुरगढीका सन्चालक यम प्रसाद पौडेल , शुभ विहानि डटकमका सन्चालक गोबिन्द तिमल्सिना, लाल खबर डटकमका सन्चालक राज सापकोटा, अनलाईपत्र डटकमका सन्चालक जिवन आचार्य तातो खबर डटकमका सन्चालक लक्ष्मण बजागाई गरि ८ जना पत्रकारिता पेशामा सक्रिय रहेका पत्रकारहरुलाई सम्मान गरेको छ।
त्यस्तै महिला स्वयमसेबिका ३ जन , कृषि पेशाबाट बद्रि तिमल्सिना , गाई पालन क्षेत्रमा नरेन्द्र लम्साल , बाख्रापालन क्षेत्रमा संजय नेपाल , कुखुरा पालनमा भुवानि संकर स्जल गाई फर्मका अर्जुन दहाल गरि ६ जनालाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको छ। त्यस्तै ३ नम्बर वडा भित्र रहेका बिभिन्न सघं सस्थाहरु टोल बिकास सस्थांहरु ८ वटा , गढि स्टार स्पोर्ट क्लब , मनाकामना दूग्ध उत्पादन सहकारि सस्थां , भानु मा बि लाई सम्मान पत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा जील्ला बिकास समिति मकवानपुरका पुर्ब उप सभापति बद्रिप्रसाद लंसाल, गाबिसका पुर्ब अध्यक्ष हरि प्रसाद अधिकारी, खानेपानि सरसफाई उपभोक्ता महासघं नेपालको केन्द्रिय सदस्य बद्रि देबकोटा लगायत ब्यक्तिले मन्तब्य ब्यक्त गरेका थिए ।