ब्राउन सुगरसहित हेटौँडाका पोखरेल पक्राउ

हेटौंडा टुडे
११ बैशाख २०७९, आईतवार १५:५३

हेटौँडा/ मकवानपुर प्रहरीले लागुऔषध खैरो हिरोईन (ब्राउन सुगर)  हेटौँडाका एकजना युवकलाई पक्राउ गरेको छ । ६ ग्राम ६ सय ८० मिली ग्राम लागुऔषध खैरो हिरोईनसहित हेटौंडा–५ का ३३ वर्षिय सन्तोष पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार साँझ ५ बजेर ३० मिनेटको समयमा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा–२ मनकामना टोलस्थित डेरा गरी बस्ने पोखरेलको कोठामा खोजतलास गर्दा लागुऔषध खैरो हिरोईन फेला पारेको थियो । पोखरेललाई उक्त लागुऔषध खैरो हिरोईनसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image