हेटौंडा/ स्थानीय तह निर्वाचन २०७९ सकिए सँगै मकवानपुरको गाउँपालिकामा निर्वाचित भएका अध्यक्षहरुलाई सपथग्रहण गराइएको छ । बिहीबार दिउँसो जिल्ला समन्वय समितिमा एक कार्यक्रमकाको आयोजना गर्दै मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले सपथग्रहण गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृत श्रेष्ठले मकवानपुरगढी अध्यक्ष दोर्जे स्याङतान लामा,बकैया गाउँपालिका अध्यक्ष धर्म लामिछाने, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती,भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, कैलाश अध्यक्ष लोक बहादुर मोक्तान,राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीलाई निर्वाचित भएको प्रमाणपत्र दिदै सपथग्रहण गराएका हुन।
सपथग्रहण कार्यक्रमकामा वागमती प्रदेश सदस्य प्रेम बहादुर पुलामी,जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष रघुनाथ खुलाल,मकवानपुरका प्रजिअ भरतमणी पाण्डे लगायत विभिन्न राजनैतिक दलका नेता तथा मकवानपुरका सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।