हेटौंडा/ आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट पपगायक सञ्जय श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । फेसबुक मार्फत गायकले प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने जनाएका हुन् ।
सामाजिक सन्जाल मार्फत गायक सञ्जयले ‘मेरो पार्टीले मलाई टिकट दिए पनि नदिए पनि आउँदो मंसिरतिर हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय गरें । अब बाँकी तपाईंहरुको साथ र विश्वास ।’ भन्ने उनले स्टयटस लेखेका छन ।
सञ्जय श्रेष्ठको फेसबुक स्टाया्टस
सेयर गर्नुहोस्