काठमाडौं । डान्सिङ स्टार्स नेपालबाट सोनिका रोकाया र दिलीप ओखेडाको जोडी बाहिरिएको छ । शनिबार राति भएको एलिमेसनबाट टिम (सुदिपनिका) सोनिका रोकाया र दिलीप ओखेडाको जोडी बाहिरिएका हुन् ।
दर्शकको मत र जुरीको निर्णयको आधारमा उनीहरु बाहिरिएका हुन् । आगामी सातादेखि सुरु हुने सेमिफाइनलमा पाँच जोडी प्रवेश गरेका छन् ।
परमिता राणा, धीरज राई, प्रीति आले, अमर–अमृत र छिरिङको डान्सिङ जोडी टप फाइभमा प्रवेश गरेका हुन् । आगामी शुक्रबारदेखि सेमिफाइनल सुरु हुने र शनिबार थप एक जोडी बाहिरिने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।
असार ११ गते शोको फिनाले हुनेछ । फिनालेमा दर्शकको मतको आधारमा विजेता चुनिनेछन् । डान्सिङ स्टार्स नेपाल हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको छ ।
सेयर गर्नुहोस्