रातोमाटेमा बिधूतिय सवारी चार्जिङ स्टेशन बन्ने

हेटौंडा टुडे
५ असार २०७९, आईतवार १२:३६

हेटौंडा । हेटौंडा उपमहानगरपालिका मा शनिवार बसेको बैठकले पुर्वपश्चिम राजमार्ग भएर गुड्ने बिद्युतिय सवारीलाई लक्षित गर्दै हेटौंडा– १५ को रातोमाटे लच्का नजिकै चार्जिङ स्टेशन निर्माणका लागि जमिन दिने निर्णय भएको हो । वडा कार्यालय, स्थानिय वासिन्दा, सामुदायीक वन उपभोक्ता समुहले जमिन दिनका लागि समस्या नभएको निर्णय पछि उपमहानगरको कार्यपालिका बैठकले स्टेशन निर्माणको लागि करिब ५ कठ्ठा जमिन दिने निर्णय कार्यपालिका बैठकले गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

कार्यपालिका बैठकले हेटौंडा–१२ पुर्ननवा आयुर्वेदिक अस्पताललाई पनि जग्गा दिने निर्णय गरेको छ । बैठले उपमहानगरको बिकट क्षेत्रमा रहेर शैक्षिक गुणस्तर बृद्धीमा लागेका शिक्षकलाई भत्ता दिने निर्णय गरेको छ । बैठक हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*