कुलेखानी सिस्नेरी सडकखण्ड अवरुद्ध

हेटौंडा टुडे
६ असार २०७९, सोमबार १७:०४

हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ ।
सोमबार दिउँसो परेको पानीका कारण उक्त सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । पहिरो कारण अहिले उक्त सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको छ ।

हेटौंडा तर्फ आउदै गरेको र काठमाडौं हिडेका सवारी विचमै रोकिएका छन् । प्रहरी घटनास्थल तर्फ लागेको र पहिरो हटाउन समन्वय भइरहेको जनाइएको छ । प्रहरीले उक्त सडकखण्डको सट्टा बैक्लपिक मार्ग प्रयोग गर्न भनेको छ । त्यसैगरी भिमफेदी–भैसे सडक खण्डमा पनि पहिरो खसेको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*