सहकारीका विकृति रोक्न अनुगमन आवश्यक छ : मन्त्री पौडेल

हेटौंडा टुडे
१४ असार २०७९, मंगलवार १३:५२

हेटौडा । मंगलबार हेटौंडामा भएको सहकारी ब्यवस्थापन सम्बन्धि २ दिने पुनर्ताजगी तालिमको समापन कार्यक्रममा मन्त्री पौडेलले सहकारीहरुको प्रभावकारी अनुगमन गर्न अधिकार सम्पन्न समिति बनाउने समेत बताउनुभयो । सहकारी क्षेत्रको बिकासको लागि मन्त्रालयले विशेष कार्यक्रम बनाउने मन्त्री पौडेलले बताउनुभयो ।

तालिम समापन कार्यक्रममा बागमति प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाले सहकारीहरुको क्षमता बिकासको लागि तालिमहरुको ब्यवस्था गरिने बताउनुभयो ।
उहाँले सहकारी मार्फत सदस्यहरुको जिविकोपार्जनको क्षेत्रमा कार्यक्रम गर्ने समेत बताउनुभयो ।
सहकारीले कृषि बिकासका लागि उत्पादन र बजारिकरणको क्षेत्रमा समेत योजना बनाउन पर्ने तालिमका सहभागी तथा कृषि सहकारी संघ मकवानपुरका प्रवन्धक नरेश आचार्यले बताउनुभयो ।

हेटौंडाको सिमा होटलमा संचालन भएको तालिम कार्यक्रमको समापन सत्रमा जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बाशुदेब अधिकारी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, सहभागी जानकी दाहालले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

बागमती प्रदेश भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आयोजना र मकवानपुर जिल्ला सहकारी संघको समन्वयमा सहकारी रजिस्ट्रार नारायण प्रसाद ज्ञावलीको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रम मन्त्रालयका शाखा अधिकृत गोपाल प्रसाद भट्टराईले संचालन भर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*