आमाको हत्या गर्ने छोरा पक्राउ

हेटौंडा टुडे
१४ असार २०७९, मंगलवार १५:२४

हेटौडा । चितवन माडी नगरपालिकामा  छोराले आमाको हत्या गरेको प्रहरीले जनाएको छ । स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय छोरा अर्जुन तामाङ्लाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image