हेटौंडा । जिपको ठक्करबाट मोटरसाइकलमा सवार मकवानपुरका दुई जनाको मृत्यु भएको छ ।तनहुँको ब्यास नगरपालिका देउरालीमा मंगलबार साँझ ग ३ च ४१८२ नम्बरको जिपले बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुर, भीमफेदी गाउँपालिका–१ का २६ वर्षीय जयराम मोक्तान र मोटरसाइकलमा पछाडी सवार सोही स्थानका २३ वर्षीय दिपेश गोले रहेका छन् । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा रत्नहरी अस्पताल दमौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप सहित चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।
सेयर गर्नुहोस्