हेटौंडा । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीए डट फाइभ’ पुष्टि भएको छ । ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए डट फाइभ’ नेपालमा पहिलोपटक पुष्टि भएको हो । धुलिखेल अस्पतालमा गरिएको अनुवांशिक परीक्षण जिन सिक्वेन्सिङ बाट ओमिक्रोनको उपप्रजाति ‘बीए डट फाइभ’ पुष्टि भएको धुलिखेल अस्पताल प्रयोगशालाका डा दिपेश ताम्राकारले जानकारी दिए ।
सरकारले पनि नेपालमा ओमिक्रोनको उपप्रजाति पुष्टि भएको बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा।समिर कुमार अधिकारीले गत मङ्गलवार कोरोना सङ्क्रमण पुष्टि भएकाहरूको जिन सिक्वेन्सिङ गर्दा नयाँ उपप्रजाति फेला परेको बताए ।
सेयर गर्नुहोस्