हेटौडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलरमटितेलमा प्रतिलिटर ९(९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको जानकारी दिएको छ । नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ, डिजेल र मटितेल १७२(१७२ रुपैयाँ तथा र हवाई इन्धन आन्तरिक तर्फ १९० रुपैयाँ पर्ने भएको छ । भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ ।
सेयर गर्नुहोस्