हेटौडा । शुक्रबारबाट हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको ९ औंं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारितामा जोड दिएका छन् । राजनीतिक स्थायित्वको बिषयमा पत्रकारिता जगतले कलम चलाउनुपर्ने आवश्यक छ । परिवर्तनका लागि भएको नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको छ । साथै जनतालाई मानव अधिकारको प्रत्याभूति गर्न र उनीहरुलाई आर्थिक समृद्धितर्फ डोर्याउन मौजुदा सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम ल्याएको जानकारी गराए ।
प्रधानमन्त्री देउवाले राज्यको सातै प्रदेशमा सर्वसाधारण नागरिकहरुलाई नागरिकता शुलभ ढंगबाट उपलब्ध गराउने उद्देश्यले वर्तमान सरकारले अहिले प्रतिनिधि सभामा नागरिकताको नयाँ विधेयक दर्ता गरी पारित गर्ने लक्ष्यका साथ अघि बढेको बताए ।
सेयर गर्नुहोस्