हेटौंडा आएर रविले भन्य “अब डाक्टरले बिरामि जाच गर्दा पनि कुन पार्टिको हो भनेर सोध्ने दिन आयो”

हेटौंडा टुडे
२७ श्रावण २०७९, शुक्रबार १६:०५

हेटौंडा । शुक्रबार हेटौंडामा भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देश चरम राजनितिक अबस्थामा जेलिएको बताउनु भएको छ । सानो काम देखि ठुलो काम राजनितिक दलको आडमा मात्र गर्न सकिने बताउनु भएको छ । अब एक दिन यस्तो दिन पनि आउछ डाक्टरले बिरामि जाच गर्दा पनि कुन दल वा पार्टिको हो भनेर बिरामि जाच गर्ने दिन आउन लागेको बताउनु भएको छ ।

आज सम्मको राजनितिक अबस्थाको कुरा गर्ने हो भने नेपालि जनतालाई विभिन्न झुटा आश्वासन देखाएको भरमा जनताको मतको अपमान भईरहेको बताउनु भएको छ ।  पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले अब नेपालि जनताले हिसाब गर्नुपर्ने समय आएको बताएका छन् । हेटौंडाकै उदाहरण दिदै मकवानपुरमा सुरुङ मार्ग हिसाब किताब, हेटौंडामा रहेको हेटौंडा कपडा उद्योग साथै अन्य उद्योग कलकारकाखाहरु कसले बन्द गर्यो भन्ने प्रश्न गरे साथ साथै  उनले हेटौंडा सिमेन्ट उद्योग पनि घाटामा गईरहदाँ बन्द हुने अवस्थामा पुगेको समेत बताए ।

उनले हेटौंडामै भएको निजि सिमिन्ट उद्योगहरु नाफामा जाँदा सरकारी उद्योग भने महिनामै करोडौ घाटामा जानुपर्ने कारणको खोजि गर्नुपर्ने र हिसाब गर्नुपर्ने बताए । त्यसको हिसाब अब आफुहरुले सिह दरबार प्रबेश गरेपछि मात्र माग्न सकिले र मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्याउन अनुरोध समेत गरे त्यसका लागि जनताले आफुहरुलाई मत दिएर मात्र सम्भब भएको र त्यसको हिसाब हामी गरेरै छोड्छौ भन्ने कुरा हेटौंडाबासिहरलाई बताए ।

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image