हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले प्रदेश सरकार खराब नभएको बताएका छन् । प्रदेश तहबारे जुन प्रकारले टिकाटिप्पणी भएका छन त्यो सहि नभएको उनले बताए ।
प्रदेश सरकारले जारी गरेको अध्यादेश तथा कानुन निर्माणको अवस्थाबारे जानकारी दिने उदेश्यले आज हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले प्रदेश सरकारको बारेमा सामजिक सञ्जालमा सहती टिप्पणी मात्र भएको भन्दै प्रदेश सरकारबारे टिप्पणी, मूल्याङ्कन र आलोचना गर्ने समय भैनसकेको स्पष्ट पारे ।नयाँ संरचना चल्नको लागि केहि समय लाग्ने भन्दै उनले अहिले प्रदेश तह कानुन निर्माणको बाटोमा रहेको कारण मानिसहरुले टिप्पणी गर्ने गरेको उल्लेख गरे । सयाँै वर्षबाट संघिय सरकारको ब्यवस्था हेरेको नागरिकहरुलाई प्रदेश तह नौलो लागेको भन्दै उनले कानुन निर्माणको काम सम्पन्न भैसकेपछि प्रदेश तहले संघियताको मर्म अनुसारको कामलाई गतिदिने बताए । प्रदेश सरकार स्थापनाको पाँच वर्ष पनि पुरा भैनसकेको कारण प्रदेश तहको आलोचना गर्ने समय आईनसकेको उनको भनाई थियो ।
प्रदेश तहको कामकाजलाई अघि बढाउनको लागि सरकारले वाध्य भएर अध्यादेश जारी गर्नुपरेको भन्दै मन्त्री खनालले प्रदेशसभालाई छलेर अध्यादेश ल्याउनु आफुहरुको कुनै षडयन्त्र नभएको बताए । यस अघि ल्याईएको केहि अध्यादेश समय अभावको कारण प्रतिस्थापन विधियेक मार्फत कानुन बनाउन नसकिएको भन्दै उनले सोहि कारण यो पटक पुनः ल्याउनु परेको उल्लेख गरे ।प्रदेश सरकारले हालसम्म ५७ वटा ऐन बनाइसकेको र त्यसमा १४ वटा संसोधन भएको भन्दै हालसम्म सरकारले १० वटा अध्यादेश जारी गरेकोमा चारवटा प्रदेशसभाबाट प्रतिस्थापन भैसकेको बताए ।
प्रदेश सरकारकाले हालसम्म संसोधन सहित १७३ वटा कानुन निर्माण गरेको उनको भनाई छ ।