हेटौंडा । बागमती प्रदेशका सभापति एवं बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बिहिबार एक विरामीलाई २५ हजार रुपियाँ उपचार खर्चस्वरुप सहयोग गरेका छन् ।गत असारमा मोटरसाईकल दुर्घटनामा घाईते थाहा नगरपालिका–४ निवासी रामकुमार लामालाई नेता बानियाँले उपचारमा सहज होस् भन्ने उद्देश्यले २५ हजार रूपैयाँ रकम उपचार खर्चबापत सहयोग गरेका हुन् ।
नेता बानियाँका स्वकिय सचिव मिलन पुडासैनीले मकवानपुर सहकारी अस्पताल हेटौडामा उपचाररत पीडित लामालाई नेता बानियाँबाट उपलब्ध गराईएको रकम हस्तान्तरण गरेका हुन् । दुर्घटनामा परेका लामाको उपचार गर्दा करिव साँढे ५ लाख रुपियाँभन्दा बढी रकम सकिसकेको र हाल केही सुधार भई डिस्चार्जको प्रक्रियामा रहेको घाइते लामाले बताए ।
सेयर गर्नुहोस्