पार्टीको इज्जतको लागि लामा विरुद्धको जाहेरी वडाध्यक्ष सिग्देलले लिए फिर्ता

हेटौंडा टुडे
९ भाद्र २०७९, बिहीबार १४:०६

हेटौडा । हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले आफूलाई कार्यकक्षमै कुटपिट गर्ने व्यक्तिलाई माफी दिँदै जाहेरी स्थगित गरेको बताएका छन् । उनले गत बुधबार नै मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमलाई जाहेरी स्थगित गर्न आफूले अनुरोध गरिसकेको बताए । उनले आफूमाथि हातपात गर्ने व्यक्तिलाई पार्टीको इज्जतको लागि भए पनि माफी दिने बताउँदै प्रहरीमा मौखिक रूपमा स्थगित गर्न भनिएको आज वडा कार्यालयमा भएको पत्रकार सम्मेलन मार्फत बताएका छन । कारबाही नै सबै थोक नभएको भन्दै गलत कार्य गर्नेलाई सच्चिन मौका दिएको र अब पार्टिले गलत प्रवृति भएका मानिसहरुलाई सुद्धिकरण गर्नुपर्ने कुरामा जोड दिएका छन । उनले लामा बिरुद्धको जाहेरी स्थगित गर्दैमा आफू कमजोर भएको कारण जाहेरी फिर्ता लिएको नभएको उनले बताए ।

एमाले मकवानपुरका सचिवसमेत रहेका सिग्देललाई एमालेकै सदस्य सानु लामा दोङले कार्यकक्षमै कुटपिट गरेका थिए । सिग्देलले मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लामाविरुद्ध उजुरी दिएका थिए । ४ नम्बर वडाभित्र रहेको भुटनदेवी स्कुलको सटरको टेन्डर विषयमा विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*