हेटौडा । रणवीर कपुर स्टारर फिल्म ब्रह्मास्त्रको चर्चा चलिरहेको छ । चर्को विरोधका बाबजुद पनि फिल्मले भारतमा ३६ करोड र विश्वभर ७५ करोडको कलेक्सन गरेको छ । दिल्लीमा सञ्चालित सबै शो लगभग हाउसफुल भएका भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।
हलमा भिड भएर थिएटर सञ्चालकहरूले बिहान ६ बजेदेखि शो सुरु गर्ने निर्णय गरेका छन् । यसैबीच, मुम्बईमा फिल्मको शोको समय बिहान ८ बजेबाट गरिएको छ। दर्शकहरूले यो चलचित्रलाई आइम्याक्स र थ्रिडीमा मात्र हेर्न चाहन्छन्। जसका कारण चलचित्रका प्रदर्शकहरुले साताको अन्त्यसम्म बिहानैदेखि प्रदर्शन सुरु गर्ने योजना बनाएका छन् ।
सेयर गर्नुहोस्