यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूहको हेटौंडामा पत्रकारसँग अन्तरक्रिया

हेटौंडा टुडे
८ आश्विन २०७९, शनिबार १८:३४

हेटौंडा । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूहको शनिबार हेटौंडामा सिमान्तकृत यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। ब्लु डाइमण्ड सोसाइटी मकवानपुरको आयोजनामा पत्रकारसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
अन्तरक्रिया कार्यक्रममा निल हिराकी प्रिटर राईले यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिलाई समाजमा गलत सोचले विभिन्न तुच्छ शब्दले बोलाउने भन्दै दुख व्यक्त गरिन। पिटरले सर्वोच्च अदालतको गरेको निर्णय ऐतिहासिक भएको भन्दै नेपालको संविधान २०७२ मा धारा १२ ले लैङ्गिक पहिचान सहितको नागरिकताको अधिकार सुनिश्चित गरेकोमा हाम्रो समुदायलाई सहज भएको कुरा उल्लेख गरेका थिए।

अन्तरक्रियामा पत्रकारसँग बोल्दै उनले नेपालको राजनितिमा विभिन्न ठुला दलहरुले आफ्नो विधान तथा घोषणा पत्रका यौनिक तथा लैङ्गिक अल्पसंख्यकको बारे कहीँ कतै उल्लेख नभएकोमा दुख व्यक्त गरेकी थिइन। सन् २०१३ मा नागरिकता र २०१५ मा राहदानीमा लिङ्गको महलमा अन्य राखी वितरण गरिएकोले हाम्रो अभियानलाई सफलता तर्फ उन्मुख रहेको र संचार जगतले आफुहरुको आवजलाई बुलन्द पार्न सहयोग गरेको बताइन।
कार्यक्रममा बोल्दै समाज मकवानपुर संयोजक किरण थापाले नेपालको राजनितिमा विभिन्न ठुला दलहरुले आफ्नो विधान तथा घोषणा पत्रका यौनिक तथा लैङ्गिक अल्पसंख्यकको बारे कहीँ कतै उल्लेख नभएकोमा दुख व्यक्त गरिन् । उनले संचारकर्मीहरुले समाचार लेख्दा वा सफलताको कथा लेख्दा शब्द चयनमा ख्याल गर्न आग्रह गरेकी छिन् ।लेख्नुपर्ने शब्द र लेख्न नहुने शब्दबारे जानकारी दिदैं राईले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको मकवानपुरको अवस्थाबारे जानकारी गराइकी थिइन् ।

सरकारले आफ्नो क्षेत्रलाई समेटिएर आफ्नो विधान, घोषणा पत्रमा यी विषय समेट्न आग्रह गरेकी छन् । देश निर्माणमा हाम्रो पनि भूमिका रहेकाले हाम्रो क्षेत्रलाई पनि रोजगार, गाँसबाँस कपास, स्वास्थ्य र शिक्षामा अवसरका साथै संरक्षणमा ध्यान दिन आग्रह गरेकी छिन्।उनले मकवानपुरका खुलेर आउनेको संख्या पाँच हजार पुगेको बताइन् ।सुरुवाती अवस्था र अहिलेको अवस्थामा हामीलाई हरेक स्थान र परिवेशमा हेर्ने दृष्टिकोण फरक रहनुका साथै मानिसहरुको स्वभाव परिवर्तन नभएको बताइन् ।कार्यक्रममा पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम,कोषाध्यक्ष केशव समर्पण सुवेदी,निवर्तमान अध्यक्ष हरि हुमागाई, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी लगायत विभिन्न संचारगृहमा आवद्ध पत्रकारको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image