मकवानपुरमा थप १८५ जनामा डेंगु, सबैभन्दा बढी हेटौंडाका १५३ जना

हेटौंडा टुडे
१२ आश्विन २०७९, बुधबार १०:४५

हेटौंडा । पछिल्लो २४ घण्टामा थप १८५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुर अनुसार मंगलबार थप १८५ जनामा डेंगु पुष्टि भएको हो । थप पुष्टि हुनेहरुमा सबैभन्दा बढी १५३ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेको कार्यालयले जनाएको छ ।

यसैगरी, पुष्टि हुनेहरुमा मनहरीका १२ जना, भीमफेदीका ७ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ३ जना, बकैयाका २ जना, राक्सिराङ, कैलाश र अन्य जिल्लाका एकएक जना रहेको कार्यालयले जनाएको छ । योसंगै जिल्लामा डेंगी पुष्टि हुनेको संख्या २ हजार ६९१ पुगेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image