थप ५१ जनामा कोरोना संक्रमण

हेटौंडा टुडे
२७ आश्विन २०७९, बिहीबार १७:२७

हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७८६ जनामा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, बिहीबार थप २१ जनाले कोरोना जितेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ६२२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image