हेटौडा -चर्चित अमेरिकी र्यापर टेकअफको ह्युस्टनमा गोली हानी हत्या भएको छ । हिपहप समूह मिगोसका सदस्य समेत रहेका २८ वर्षीय टेकअफको हत्यापछि विश्वभरबाट कलाकार, सेलिब्रिटी र फ्यानले श्रद्धाञ्जली दिइरहेका छन् ।
नेपालबाट समेत हिपहपप्रेमीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । स्थानीय प्रहरीले बलिङ गल्लीमा मंगलबार बिहान उनको गोली हानी हत्या भएको जनाएको छ ।
किर्सिनिक खरी बल वास्तविक नाम रहेका र्यापर टेकअफलाई बाटोमा ढलिरहेको अवस्थामा केही व्यक्तिले देखेका थिए । ह्युस्टन प्रहरीका प्रमुख ट्रोइ फिनरले अन्य दुई व्यक्तिले घाइते गायकलाई नजिकको अस्पतालमा लगेको जनाएका छन् ।
घटनामा संलग्न रहेको अभियोगमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । प्रहरीले आधिकारिक रुपमा मृत्युको घोषणा गर्नुअघि नै गायक टेकअफ मारिएको हुनसक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।