नेप्से परिसूचक करिब ३ अंक बड्यो

हेटौंडा टुडे
२१ कार्तिक २०७९, सोमबार १२:३८

हेटौडा-साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ ।

अघिल्लो कारोबारको दिन आइतबार ४३.२० अंक बढेर १९६५.३६ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा २.७० अंक बढेर १९६८.०७ विन्दुमा पुगेको  हो ।

आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१४ अंक बढेको छ । सोमबार प्रि ओपन सेसनमा २७ स्टकको ४७ लाख ८९ हजार १३३ रुपैयाँ बराबरको १ हजार ८७८ कित्ता शेयर खरिदबिक्री भएको छ ।

जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ । बाँकी ४ स्टकको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*