प्रचण्ड पत्नी सीताको अवस्था गम्भीर

हेटौंडा टुडे
२१ कार्तिक २०७९, सोमबार १३:२८

हेटौडा-ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल भर्ना गरिएकी प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । १६ दिन लामो उपचार पछि घर फर्काएकी सीताको स्वास्थ्य अवस्था बिग्रिएपछि पुन अस्पतालमा भर्ना गरिएको छ ।

हाल उनलाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ । सीता दाहाल लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित छिन् । उनको अमेरिका, भारतलगायत विभिन्न देशका अस्पतालमा उपचार हुन नसकेपछि घरमै स्वास्थ्य लाभ गरिरहेकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*