हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेकी कान्छिमाया रुम्बा तिज पछि हिजोआज निकै खुशि छिन् । खर र प्लाष्टिकले छाएको झुप्रो घरमा बस्दै आएकी उनी दुई कोठे पक्कि भवन पाएपछि खुशि भएकी हुन् । उनको यो खुशि नेपाली कांग्रेसका नेता एवं मकवानपुर क्षेत्र नम्बर १ (खं)का उम्मेदवार आनन्दराम पराजुलीले दिएका हुन् । एकल महिला रुम्बा लामो समयदेखि असुरक्षित रहेको पानि चुहिने घरमा बस्दै आएकी थिइन् । रुम्बाको अवस्थाका बारेमा थाहा पाएपछि पराजुलीले उनलाई सहयोग गर्ने विचार गरे । दुखी गरिब र असाहयहरुलाई सहयोग गर्न सधै तप्तर देखिने पराजुलीले व्यक्तिगत लगानीमा रुम्बाको लागी दशै अघि नै दुई कोठे जस्ताले छाएको घर बनाइदिए । रुम्बा अहिले नयाँ घरमा बस्छिन। घरपाएपछि खुशि भएकी रुम्बा पराजुलीको खुलेर प्रशंसा गर्छिन् । ‘आनन्दबाबुका कारण म नयाँ घरमा बस्न पाएको छु । हामी जस्ता गरिब दुखिलाई सहयोग गर्ने मान्छे पनि हुन्छन होला भन्ने लागेको थिएन तर आनन्दबाबुल आफनै खर्चमा मेरोलागी घर बनाइदिनुभयो । म खुशि छु ।’ रुम्बाले भनिन् । आनन्दराम पराजुली मकवानपुर क्षेत्र नम्बर १ को (ख) मा उम्मेदवार भएको थाहा पाएकी रुम्बले खुशि हुँदै जितको शुभकामना दिँदै सबैसँग पराजुलीलाई जिताइदिन आग्रह पनि गरिन् । ‘आनन्दबाबुलाई मेरो आशिर्वाद लागोस । सबैले उहाँलाई भोट हालेर जिताइ दिनुहोला । आनन्दबाबु हामी जस्ता दुखि गरिबको लागी काम गर्ने मान्छे हो । आनन्दबाबुले जित्नुभयो भने हामी जस्ता दुखी गरिबको जिवनमा परिवर्तन हुन्छ ।’ पराजुलीले रुम्बाका लागी व्यक्तिगत लगानीमा घर बनाईदिएका थिए । उनले तीन लाखमा दुई कोठे जस्ताले छाएको घर बनाइदिएका हुन् । आफु पदमा हुँदा वा नहुँदा पनि आम नगरिकको आधारभूत आवश्यकता पुरागर्न सधैं तत्पर रहने पराजुलीलाई जनताले अमुल्य मत निर्वाचित गराउँनेमा कान्छिमाया रुम्बा विश्वस्त छिन् ।
सानुकान्छी रुम्बा जसले आनन्दरामको सहयोगमा नयाँ घर पाइन
सेयर गर्नुहोस्