पाँच दिने डेटा ड्रिभन पत्रकारिता तालिम सप्पन्न

हेटौंडा टुडे
२४ कार्तिक २०७९, बिहीबार २१:०५

हेटौंडा । सञ्चार रजिष्ट्रार कार्यालय हेटौंडा मकवानपुरको आयोजनामा संचालन भएको पाँच दिने डेटा ड्रिभन पत्रकारिता तालिम आज सकिएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा बागमती प्रदेशमा क्रियाशिल पत्रकारका लागि पहिलो पटक प्रदान गरिएको डेटा ड्रिभन पत्रकारिता तालिमको समापन गरिएको हो ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले डेटा ड्रिभनको पहिलो तालिमले सहभागिलाई भोक जगाउने काम गरेको बताए । उनले पत्रकारको क्षमता अभिबृद्धि गर्न भबिष्यमा पत्रकारिताको एड्भान्स तालिमहरु संचालनको तयारीमा रहेको जानकारी दिए । उनले परिवर्तित समय अनुसार पत्रकारहरुले समाचार तयार गर्न, आवश्यक तथ्याङक खोज्न र स्रोतको गहिराईमा पुगेर समाचार लेख्नका लागि यस्ता तालिमहरुले उर्जा प्रदान गर्ने बिश्वास व्यक्त गरे । उनले तालिमको अन्तिम दिन समापन समारोहमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका सिपलाई प्रयोग गर्न आग्रह गरे ।

डेटा ड्रिभन तालिममा प्रशिक्षकद्वय सामाजिक सञ्जाल तथा मिडिया अनुसन्धानकर्ता उज्वल आचार्य र अरुण कार्कीले संयुक्त रुपमा प्रशिक्षण दिएका थिए । उनीहरुले डेटा पत्रकारिताको सौद्धान्तिक अवस्था, नेपालमा भएका अभ्यासबारे चर्चा तथा तथ्यलाई ड्राइभ गरेर समाचार तयार पार्ने तरिका, टेबल, पाइचाट, ग्राफ, नक्सा, लाइभ डाटाको प्रयोगबारे सहभागिलाई जानकारी गराएका थिए ।

तालिममा मकवानपुर, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, चितवन, नुवाकोट, काठमाडौं, सिन्धुपाल्चोक र ललितपुरका १९ जना पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा बागमती प्रदेशमा रहेर अनलाइन, पत्रपत्रिका, रेडियो, टिभीमा आवद्ध तथा मिडिया अनुसन्धानकर्ताको सहभागिता रहेको थियो । डेटा ड्रिभन तालिम सरकारीतवरबाट नेपालमै पहिलो पटक संचालन भएको तालिम हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*