हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १७ औ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको साधारणसभामा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघकी सचिव सिजृना अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो। साधारणसभामा अध्यक्षले संस्थागत प्रतिवेदन,सचिव शुभलक्ष्मी विकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव समर्पण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।महासंघले १७ औं वार्षिक साधारण सभाको अवसरमा लामो समयदेखि पत्रकारितामा क्रियाशित रहेका २ जना पत्रकारहरुलाई नगद रु ५ हजार ५५५ र प्रशंसापत्रसहित सम्मान गरेको छ । पार्वतीमान बोमबहादुर राउत स्मृति अग्रज पत्रकारिता पुरस्कार(२०७८बाट गोरखापत्र दैनिकका राममणी दाहाल र न्युछेमान स्मृति कृयाशील पत्रकारिता पुरस्कार(२०७८ बाट राससकी अञ्जली थापालाई पुरस्कृत गरिएको हो।
कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य धुव्र रावल,सुनिल खडका, पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट,नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल,प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी९पोष्टराज०,प्रेस संगठन मकवानपुर अध्यक्ष अञ्जली थापा,प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी,प्रेस नेपाल अध्यक्ष मनोज ढोडरी,स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी,वानका उपाध्याय उज्ज्वल चौलागाई ,महासंघ पुर्व अध्यक्ष नवराज शर्मा, लगायतले मन्तव्य व्यक्त गरेका थिए।