अवसर पाए काम गरेर देखाउँछु : पराजुली

हेटौंडा टुडे
१ मंसिर २०७९, बिहीबार १३:०७

हेटौडा–मंसिर ४ को निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुको भागदौड बढेको छ । मकवानपुरमा २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसको निर्वाचन क्षेत्र छ । मकवानपुरको प्रतिनिधिसभा–१ को ख बाट नेपाली कांग्रेसका नेता आनन्दराम पराजुली सत्तारुढ गठबन्धनको तर्फबाट चुनावी मैदानमा छन् । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरमा लोकप्रिय मत पाएका उनी झिनो मतान्तरले पराजित भएका थिए ।
नेपाली कांग्रेस हेटौंडाको निवर्तमान नगर सभापति समेत रहेका पराजुली चुनाव हारेपनि विभिन्न सामाजिक कार्यमार्फत जनतासँग जोडिदै आएका छन् । भुकम्पमा होस् या कोरोना संक्रमणकालमा उनले विपन्न र समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् । उनै पराजुली मंसिर ४ गते हुन लागेको संसदीय चुनावमा पहिलोपटक उम्मेदवार बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*