मकवानपुरमा ३० प्रतिशत मत खस्यो

हेटौंडा टुडे
४ मंसिर २०७९, आईतवार १२:४४

हेटौडा । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर जिल्लामा साढे ११ बजेसम्ममा ३० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन अधिकृत ऋषिराम निरौलाका अनुसार जिल्लाका सबै केन्द्रमा खसेको मत प्रतिशत करिब ३० रहेको छ । सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image