हेटौंडा –अन्र्तराष्ट्यि बाल दिबशको अबसरमा श्रमिक बालबालिकाहरु संग बाल श्रम अन्त्यका लागी श्रमिक बालबालिका र सरोकारबालाहरुको कर्तब्य र भुमिका बिषयमा अन्र्तक्रिया सम्पन्न भएको छ ।
बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजिकरण गिता पौडेल ले गर्नु भएको थियो । बाल बालिकाहरुलाई बालश्रम , बाल काम, बाल श्रम अन्त्यका लागि निर्माण भएको भएको कानुनी ब्यबस्था, दिगो बिकाश लक्ष्य, सरकारको बाल श्रम निबारण सम्बन्धी राष्ट्यि गुरुयोजनामा भएको ब्यबस्था आदिको बारेमा सहजिकरण गरिएको थियो ।
श्रमिक बालबालिकाहरुले बाल श्रम गरिरहदा आफुहरुले भोगिरहेको समस्याको बारेमा बताउनु हुदै बाल श्रमका कारण शारिरीक बिकााश र मानशिक बिकाश मा नकारात्मक असर समेत परि चाहना हुदा हुदै पनी बिधालय शिक्षा बाट बन्चित हुन परिरहेको बाध्यात्मक परिस्थीती भोगिरहेको बताईएको थियो । केहि बाल श्रमिकले अध्ययन गर्नका लागि छात्रबृत्ति पाएपनि त्यो अपुग हुनुको साथै नियमति हुन सकेको छैन भनि बताउदै अधिकांशले पढने र आयमुलक काम गर्ने चाहना हुदा हुदै पनी आफुहरुको पहुच नपुगेको बालश्रमिकबाट बताईएको थियो ।
रोजगारदाताको दुब्र्यबहारका कारण मानशिक तनाब ब्यहोर्नु परिरहेको श्रमिक बालबालिलकाहरु बताउछन् । बालबालिकाहरु रोजगारदाताले हासेर बोल्ने आफुहरुले गरेको कार्य सन्तोजनक भएको बताउदै स्याबासि पाउने आशामा बस्दा बस्दै उल्टै गालि र खप्की खानु पर्दा उदेक लाग्ने गरेको बताउछन् ।
श्रमिक बालबालिकाहरुले बाल श्रमको अबस्था सुधार गर्न रोजगारदाताले पारिश्रमिक, श्रमिकलाई माया, सुबिधा, पढन जान छुट को ब्यबस्था हुन पर्ने समेत बताएका छन् । यसै गरि उनिहरुले सरकारले बाल श्रम सम्बन्धि कानुनको पुर्ण पालना गर्दै श्रमिक बालबालिकालाई शिक्षा, आय मुलक, रोजगार मुलक तालिम, शिप बिकाश तालिम आदिको ब्यबस्था भए बाल श्रमिकलाई राहत हुने बताईएको छ । श्रमिक बालबालिकाहरुले गैर श्रमिक बालबालिका, युवा र नागरिक समाजका अगुवाहरुलाई बालश्रमिकलाई गरिने सकारात्मक ब्यबहारको बारेमा तालिम दिन समेत आग्रह गरेका थिए । उक्त कार्यक्रम बाल कल्याण समाज मकबानपुर, चाईल्ड नेपाल , अशमान नेपाल र राष्टिय बाल संरक्षण संजाल को आयोजनामा तथा हेटौडा उपमहानगर पालिका, सामाजिक बिकाश मन्त्रालय बागमती प्रदेश, को सहकार्यमा सम्पन्न भएको थियो ।
कार्यक्रमको सभाध्यक्षता ग्रहण गर्नु भएको बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले बाल श्रम अन्त्य गरि बाल मैत्रि नगर बनाउनको लागि श्रमिक बालबालिकाले समेत कर्तब्य निर्बाह गर्न पर्ने बारे बताउनु हुदै सरकारले बालबालिका बिरुद्धको हिंसा, बाल श्रम शोषण तथा दुब्र्यबहार अन्त्यका लागि दरिलो बाल संरक्षण प्रणालिको स्थापना गनु पर्दछ भन्ने बारे बताउनु भएको थियो । उहाले बाल श्रम अन्त्यका लागि लगानी योजना तर्जुमा साथै बाल मैत्री स्थानीय शासनको पुर्ण कार्यान्वयन हुन पर्ने बारे बताउनु भएको थियो ।