आजको विदेशी मुद्राको विनिमय दर

हेटौंडा टुडे
६ मंसिर २०७९, मंगलवार ११:१९

हेटौंडा –एक अमेरिकी डलर साट्न १३१ रूपैयाँ २५ पैसा खर्च गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज (मंसिर ६ गते) को लागि तय गरेको अमेरिकी डलरको बिक्री दर १३१ रूपैयाँ २५ पैसा तय भएको हो ।

यस्तै, नेपाल राष्ट्र बैँकले आज अमेरिकी डलर १३० रूपैयाँ ६५ पैसामा किनिरहेको छ ।यस्तै, युरोको बिक्री दर प्रति युरो १३४ रूपैयाँ ३७ पैसा र खरिददर १३३ रूपैयाँ ७५ पैसा तय गरिएको छ ।

बेलायती मुद्रा पाउन्ड स्टर्लिङको खरिद दर १५४ रुपैयाँ ३४ पैसा र विक्री दर १५५  रुपैयाँ ५ पैसा तय गरिएको छ ।राष्ट्र बैंकले स्वीस फ्र्यांकको खरिददर १३६ रुपैयाँ २७ पैसा र विक्री दर १३६ रुपैयाँ ९० पैसा तय गरेको छ । अष्ट्रेलियन डलरको खरिद दर ८६ रुपैयाँ ४६ पैसा र विक्री दर ८६ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ २९ पैसा र विक्री दर ९७ रुपैयाँ ७३ पैसा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*