हेटौंडा | नेपाली ‘हरर’ चलचित्र ‘चि मुसी चि’को ट्रेलर सार्वजनिक भएको छ । प्रियङ्का कार्की, रिचा शर्मा, बेनिशा हमाललगायतका कलाकारले अभिनय गरेको चलचित्र सत्य घटनामा आधारित भएको बताइएको छ ।
चलचित्रको ट्रेलर सार्वजनिक गर्दै नायिका प्रियङ्का कार्कीले भूत भन्नाले नेगेटिभ इनर्जी भएको बताइन् । ‘भगवान् हुन्छन् भने भूत पनि हुन्छ’ उनले भनिन्, ‘सकारात्मक इनर्जी भनेको भगवान् हो । नकारात्मक इनर्जी भनेको भूत हो ।’
नेपालमा बनेका हरर चलचित्रहरूले खासै डर देखाउन नसकेको बुझाइछ । यस भन्दा पहिला आएको अर्को एक चलचित्रले डर भन्दा बढी कमेडी गर्ने काम गरेको दर्शकले प्रतिक्रिया दिएका थिए । तर, ‘चि मुसी चि’ले कस्तो प्रभाव पार्छ त्यो हेर्न बाँकी नै छ । चलचित्र २२ पुसबाट विभिन्न हलमा लाग्नेछ ।
सेयर गर्नुहोस्