हेटौंडा । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागी आज चुनाव हुँदैछ । आज दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको चुनावी कार्यक्रम भने विहान ८ बजेबाट सुरु हुँदै छ ।
आज बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । यस्तै बिहान १०ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ भने उम्मेदवारको मनोनयनउपर दाबी–विरोधका लागि बिहान ११ बजेदेखि ११ः ३० बजेसम्मको समय निर्धारण गरिएको छ ।
यसैगरी, पुस १३ गते नै दिउँसो १२ बजे दाबी–विरोधउपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशनको गरिनेछ भने दिउँसो १२ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारले चाहेमा नाम फिर्ता लिने सक्ने व्यवस्था गरिएको छ ।
दिउँसो १ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै दिनको २ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्य सानु श्रेष्ठले जानकारी दिए । यसअघि हिजो मंगलबार मतदाता नामावली प्रकाशन, मतदाता नामावलीउपर दाबी–विरोध ९छुट वा सच्याउने० र दाबी–विरोधउपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने काम सम्पन्न भइसकेको छ । ।यस्तै, पुस १३ गते प्रत्यक्षमा २५ र समानुपातिकमा १२ गरी प्रदेशमा कुल ३७ सिट जितेको कांग्रेसको संसदीय दलको नेताका लागि बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले आकांक्षा देखाएका छन् ।