हेटौंडा| चलचित्र ‘भगवत् गीता’ले कलाकारका लागि आजदेखि अडिसन सुरु गरेको छ । यो चलचित्रका लागि सुहाना थापा र धीरज मगरबाहेकका कलाकार अनुबन्ध भएका छैनन् ।
“सौगात मल्लसँग हामीले कुरा गरेका छौँ । तर, समयका कारण निश्चित भइसकेको छैन । त्यही समयमा अर्को चलचित्रको पनि डेट रहेका कारण सौगात अनुबन्ध भने भइसकेका छैनन्,” निर्माता सुनीलकुमार थापाले भने ।
अरू अधिकांश कलाकार अडिसनबाट लिइने उनले जानकारी दिए । “अन्य अधिकांश कलाकार आजबाट सुरु हुने अडिसनबाट लिनेछौँ,” थापाले भने ।
चलचित्र आउँदो माघदेखि छायांकनमा जानेछ । सुहाना र धीरज मुख्य भूमिकामा रहने चलचित्रलाई झरना थापाले निर्देशन गर्दै छिन् ।
सेयर गर्नुहोस्