मकवानपुरका एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री बन्ने

हेटौंडा टुडे
११ माघ २०७९, बुधबार १४:१२

हेटौँडा । बागमती प्रदेशमा आज विस्तार हुने मन्त्रिपरिषदमा नेकपा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री बन्ने भएका छन् । एमाले मकवानपुरका अध्यक्ष समेत रहेका श्रेष्ठलाई श्रम मन्त्रालयको जिम्मेवारी प्रदान भएको हो ।

एमालेबाटै मन्त्री बनेका ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ मन्त्रालयको जिम्मेवारी प्राप्त हुँदा केशब पोखरेल कृषी तथा पशुपक्षी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । यस अघि एमाले संसदीय दलका नेता चितवनमा जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image