
हेटौँडा । बागमती प्रदेशका नवनियुक्त आठ मन्त्रीहरुले सपथग्रहण गरेका छन् । आज प्रदेश प्रमुख कार्यलय हेटौँडामा भएको कार्यक्रमबिच प्रदेश प्रमुख यादवचन्द्र शर्माले नव नियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । कार्यक्रममा एमालेबाट तीन, माओवादीका तीन र राप्रपाका दुई नवनियुक्त मन्त्रीहरुले सपथ लिएका हुन् ।
एमालेका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ, केशव पोखरेल कृषि तथा पशुपक्षी विकास मन्त्रीको रुपमा सपथग्रहण गरेका हुन् । यस्तै माओवादी केन्द्रबाट युवराज दुलाल भौतिक पूर्वाधार विकास, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री र कुमारी मोक्तान सामाजिक विकास मन्त्रीको रुपमा सपथ लिँदा राप्रपाबाट डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी र राजु विष्टले वन तथा वातावरण मन्त्रीको रुपमा सपथ लिएका हुन् ।
यसअघि पुस २६ गते विनाविभागीय मन्त्रीको शपथ लिएका राप्रपाका उद्वव थापाले खानेपानी, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमालेका जघन्नाथ थपलियाले पुस २६ गते मुख्यमन्त्री जम्कटेलसँगै आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका थिए ।

