
हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा बसपार्क क्षेत्रबाट दुईजना महिला पक्राउ गरेको छ । उनिहरुलाई लागु औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–९ बस्ने ४० वर्षीया टेकमाया गुरुङ र सोही स्थान बस्ने ३१ बर्षीया अस्मिता प्रजा रहेका छन् ।
सर्लाही जाने बसमा चढ्न लाग्ने क्रममा शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट २१ गाँजा लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।


सेयर गर्नुहोस्