मकवानपुरको राक्सिराङमा भिरबाट लडेर पुरुषको मृत्यु

हेटौंडा टुडे
१५ माघ २०७९, आईतवार ११:१२

हेटौंडा। मकवानपुरको राक्सिराङमा एक पुरुषको भिरबाट लडेर ज्यान गएको छ।

शनिबार साँझ राक्सिराङ (२ देउरालीमा सोही वडाको चनौटा बस्ने अन्दाजी ५०र५५ वर्षीय माईला थिङको भिरबाट लडेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।

थिङ बिहेमा सहभागि भएर घर फर्कँदै गरेको अवस्थामा भिरबाट लडेर अन्दाजी १५० मिटर तल खसेको र घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनास्थललाई सुरक्षित राखिएको र मुचुल्काको लागि इलाका प्रहरी कार्यालय मनहरीको टोली घटनास्थल पुग्दै गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image