चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न

हेटौंडा टुडे
१५ माघ २०७९, आईतवार १३:५०

हेटौडा । चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा दुई दिने कार्यशाला सम्पन्न भएको छ। शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न ईरा’ शिर्षकमा सञ्चालित कार्यशालामा काठमाडौं र काठमाडौं बाहिरका सय बढी पत्रकारले सहभागीता जनाएका थिए।

काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा सञ्चालित कार्यशालामा प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, बिकास रौनियार, केपि ढुंगाना, बिष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, बिदुर गिरी, बिजयरत्न तुलाधर र डब्बु क्षेत्रीले पत्रकार आचारसंहिता, समाचार लेखन शैली, चलचित्र पत्रकारिताको इतिहास, विश्च सिनेमाको इतिहास, फोटोपत्रकारिता, साइबर क्राइम, भिडियो कथ्य शैली, प्रस्तोता तथा चलचित्र पत्रकारिताको महत्त्वलगायतका शिर्षकमा कक्षा सञ्चालक भएका थिए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image