एचआईभि सेवाहरु बुकिङ गर्न क्युआर स्क्यानबाट पनि मिल्ने

हेटौंडा टुडे
१६ माघ २०७९, सोमबार १६:२९

हेटौडा । अब अनलाईन सेवाबाट नै एचआईभि सेवाहरु बुकिङ गर्न मिल्ने भएको छ । एचआईभि संक्रमणको जोखिमलाई न्युन गर्न र सक्रमितहरुको गोपनियतालाई मध्यनजर गर्दै अनलाईन क्युआर सेवाको माध्यमबाट सेवा सुरु भएको एचआइभी एड्स र यौन रोगबारे सेवा प्रवाह गर्दै आइरहेको संस्था फ्रेन्डस् हेटौंडाकी संयोजक किरण थापाले जानकारि दिनुभयो ।

मकवानपुरमा एचआइभी एड्स र यौन रोगको सेवा प्रवाह गर्दै आइरहेकोले फ्रेन्डस् हेटौंडाले आफ्नै क्लिनिक सञ्चालन गरे संगै यहाबाट गोप्य रुपमा यौन रोगको उपचारका साथै परामर्शहरु समेत दिने गरेको थापाले जानकारि दिनुभयो । अब एचआइभी एड्स र यौन रोगबारे सेवा लिनको निम्ति आफ्नो मोबाईलमा क्युआर सेवाको माध्यमबाट बुकिङ गरि फ्रेन्डस् हेटौंडामा सेवा लिन सजिलो भएको थापाले जानकारि दिनुभयो ।

बुकिङको लागि मेरो साथि लिङ्कमा क्युआर स्कयाािङग गर्न सकिने छ भने बुकिङ मार्फत मिति समय र स्थान तथा सस्थाहरु आफुलाई अनुकुल भए अनुसार बुक गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image