चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक भिडियोसहित

हेटौंडा टुडे
१७ माघ २०७९, मंगलवार ११:०८
Featured Video Play Icon

हेटौडा । दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

सोमवार बजारमा आएको ‘दर्शन सलाम’ बोलको गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठले स्वर दिएका छन् भने गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ ।

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोमा स्वस्तिमा खड्का र राज आचार्यका साथै दीपकराज, दीपाश्री, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा लगायत फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image